दफा २५
दर्ता खारेज
: (१) पञ्जिकाधिकारीले यस ऐन बमोजिम दर्ता भएको ट्रेड यूनियनको दर्ता देहायका
अवस्थामा खारेज गर्नु पर्नेछ ः-
(क) ट्रेड यूनियनले दर्ता खारेज गर्नको लागि पञ्जिकाधिकारी समक्ष दरखास्त दिएमा,
(ख) ट्रेड यूनियनको दर्ता भूल वा जालसाजीबाट हुन गएको कुरा प्रमाणित भएमा,
(ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको विपरीत हुने गरी काम कारवाही गरेमा ।
(२) उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमको अवस्था परी कुनै ट्रेड यूनियनको दर्ता खारेज गर्नु परेमा सम्बन्धित पन्जिकाधिकारीले सम्बन्धित ट्रेड यूनियनलाई त्यसरी ट्रेड यूनियन खारेज गर्नु पर्ने कारण खुलाई स्पष्टीकरण पेश गर्न पन्ध्र दिनको सूचना दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र सम्बन्धित ट्रेड यूनियनले स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सन्तोषजनक तथा कानूनसम्मत् नभएमा पन्जिकाधिकारीले त्यस्तो ट्रेड यूनियनको दर्ता खारेज गर्न सक्नेछ ।